फेरी गयो सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४.३ म्याग्निच्यूडको पराकम्पन
काठमाडौँ,गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछिको पराकम्पन आउनेक्रम अझै रोकिएको छैन । मंगलबार दिउँसो ४ बजेर ३० मिनेटमा पनि सिन्धुपाल्चोकको चौतारा आसपास केन्द्रबिन्दू भएर ४.३ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
वैशाख १२ को शक्तिशाली भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडमाथिका ४३७ ओटा पराकम्पनका धक्का मापन भइसकेका छन् ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.