सनसनीपूर्ण खबर : कुवेतमा एक नेपाली महिला बलात्कृत, उजुरी गर्न आफै सँग काम गर्ने नेपालीहरुले यसरी रोके





कुवेतको एक कन्ट्याक्टिङ कम्पनी मार्फत अस्पतालमा काम गर्ने वेटर महिला दुर्गा माया तामाङ [ नाम परिवर्तन गरिएको ] गत शुक्रवार आफ्नै कम्पनीकोे ठुलो मानिसबाट बलात्कृत भएकी छन । उनी दिएको युनिर्फम छोटो भएको विषयमा रिर्पोट गर्दा बलात्कृत हुन पुगेकी हुन । 

चितवन घर भएकी ३१ बर्षिय दुर्गा ८ महिना पहिले कुवेत आएकी हुन । दुर्गाले भनिन, बुधबार नयाँ युनिफर्म लियौ त्यो छोटो भयो अनि विहिबार रिर्पोट गरेर साट्न खोज्दा विहिबार ड्युटी रोकेर हेड अफिस लगियो । शुक्रवार उनलाई क्याम्पबोस मार्फत ड्युटी जान भनियो । उनले शुरुमा ईन्कार गरिन शुक्रवार त्यसअघि कहिल्यै ड्युटी नगएको कारण तर दवाव दिईयो उनी ड्युटी गईन । 

दुर्गा भन्छिन ड्युटीमा खाना खाई रहेका थियौ त्यहिबेला एउटा मानिस आयो । कसैकसैले म्यानेजर हो भने हामी सवै खान छाडेर उठ्यौ, उसले खान भन्यो । यतिकैमा खाना खाईसकेपछि उसले युनिफर्मको विषयमा समस्या हुने को हो भन्यो ? कसैले पनि केही बोलेनन । अनि फेरी उसले सोध्यो तब मेरो छेउमा रहेकी दिदीले मलाई देखाईन । उसले आउ भन्यो म गए । उसले गाडीमा बस्न भन्यो म बसे । मलाई लाग्यो अफिस लादो हो तर कहाँ कहाँ एउटा ठुलो विल्डिङमा लग्यो । मेरो मनमा केही शंका भो म डराए र पछि सरे तर मेरो हात पक्रयो । लिफ्टबाट निस्केपछि रुम मा लग्यो । ढोका लगायो र बत्ति निभायो । म केही बोल्न सकिन । मैले अन्ध्यारो कोठामा चिच्याउन पनि सकिन । कापी रहेमात्र । बाचौला जस्तो लागेन । उसले जे गर्नु थियो मन परि गरयो । बोल्न चल्न नसक्ने भए । 

पछि गाडीमा हालेर मेरो क्याम्प वर नै छाडिदियो । कसैलाई नबोल्ने धम्कि दियो । म करिब ४ बजेतिर बलात्कृृत भएको थिए । त्यस्तै ५ बजेर तीस मिनट तिर मलाई छाडेर गयो । मैले रोए कराए । सबैलाई सुनाए । मलाई साथ कसैले दिएनन बरु डर देखाए । नबोल्न भने । आफ्नै ईज्जत जान्छ भने । मैले अफिसमा फोन गरे धर्मेन्द्र नाम गरेको एक नेपाली हुनुहुन्छ उहाँले हल्ला नगर्न चुप लाग्न दबाब दिनु भयो । त्यसपछि क्याम्पबोसलाई भने उसले पनि त्यसै गरो । कसैले मलाइ साथ दिएनन दुँर्गाले रुदै भनिन । शनिवार मैले एक जना नेपाली दाइसँग कुरा गरेर सहयोग मागे उहाँले अस्पतालमा गएर मेडिकल गर्न भन्नु भयो । म अस्पताल पुगे अस्पतालले पुलिसमा रिर्पोट गर्न भन्यो म पुलिसमा गए तर पुलिसले मलाई तिम्रो दुतावास गएर रिर्पोट लिएर आउ भन्यो । 

आइतवार म नेपाली दुतावास कुवेतमा पुगे । मेरो समस्याको विषयमा दुतावासका धेरै कर्मचारीले सवै कुरा सुन्नु भयो । मेरो कुरा सुन्नु भयो र मेरो अफिसमा फोन गर्नु भयो । त्यसपछि आफिसको कुरा के भो मलाई थाहा छैन । दुतावासले के आश्वासन दियो त भन्ने अर्को सवालमा उनी भन्छिन, हेरौ हामी कोशिष गर्छौ भन्नु भएको छ कसै कसैले २४ घण्टा नाघ्यो उजुरी गर्न ढिला भो तै पनि न्याय दिन कोशिष गछौ भन्नु भयो । यसै बिषयमा श्रम सहचारी गोमा ढकाल भन्नुहुन्छ आज शिवरात्रीको छुटटी भो भोली केश दर्ता गर्न उनलाई भनेका छौ । बलात्कार भएको दिन देखि खान समेत नखाई रोएर बसेकी दुर्गालाई दुतावास किन गईस कसले लग्यो भन्ने एकातिर दवाव र तनाव दिएको छ भने अर्को तिर उनले आफै अरबीक मा उजुरी लेखाउने कुरा कति पनि सम्भव देखिन्न । दुतावासले यसका लागि के पहल गर्छ ? गोमा ढकाल भन्नु हुन्छ हामी कोशिष गर्ने छौ तर उनले न्याय पाउन प्रमाण पुग्ने नपुग्नेमा भन्न सकिन्न । दिन धेरै वित्ने वित्तिकै नठहर्ने भन्ने कुरा हुन्न । दुर्गाले पिडित भएका दिन बाट उजुरी गर्न पहल गरेका कुराहरु उनलाई रोक्न भएका कोशिषहरु, बलात्कारिका मतियारी गर्नहरु सवैलाई दुर्गाले चिनेकी छन मात्र दुतावासले शसक्त रुपमा पछ््याउन सक्नु पर्दछ । 

दुर्गालाई आज भोली ड्युटी जान कम्पनीले दबाब दिईरहेको छ उनी न्याय नपाएसम्म नजाने अडानमा छन । अपराधी भाग्ने वा भगाउने सम्भावना बढ्ने कुरामा दुतावास कति सचेत छ ? रात रहयो अग्राख पलायो भने झै दुर्गाले न्याय पाईनन भने त्यसको जिम्मेवारी कसले लिने धेरै सवाल खडा भएका छन । दाई मसँग गरिएको अत्याचार, मेरोे बदनामी र कसैले साथ नदिएको अवस्थाले अब किन बाँच्ने जस्तो भइरहेको छ दुर्गाले भनिन । उनले भनिन मैले सवैलाई केही नलुकाई सवै कुरा सुनाएको छु । अब मैले न्याय नपाउने हो भने बाँच्नुको अर्थ हुन्न । नेपाल जाने त परैको कुरा हो उनले थपिन । उनको मनस्थिती विचलित छ यति बेला उनलाई दुतावासले विशेष ख्याल गर्न जरुरी छ । उनको सुरक्षा, रोजगार र न्याय सवै दाउमा छन । 

न्यायको लागि दुताबास पुगेकि नेपाली चेलीलाई दुताबासले खासेै चासो किन दिएन ? उनीलाई न्याय दिलाउनको लागि पुलिसमा मुद्दा दर्ता गराईदिनु पर्ने अथवा पिडितले भनेको कुरा बनावटी अथवा झुटो जस्तो लागेको भए दुताबासले मेडिकल जाचको लागि अस्पताल पुराउन पर्ने थियो । तर दुबासले तेसो गरेन उल्टै कम्पनीमा फोन गरेर उनीलाई कम्पनी तिरै पठायो । यस बिषयमा राजदुत यज्ञबहादुर हमालले आफुलाई पुरा जानकारि नभएको बताउनु भुयो । दुताबासमा बलात्कार भए, भनि रुदै पुगेकि चेलिको आबाज दुताबासमा भित्रै हरयो । अव कुवेतमा नेपालीका लागि भनी खोलिएका संघ संस्थाले सुन्ने कि नसुन्ने ।

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook