नयाँ दाबी: हिटलरको लिङ्ग छोटो थियो, महिलासँग सुत्न डराउँथे
तानाशाह हिटलरको एउटा मात्र अण्डकोष भएको समाचार केही समयअघि सार्वजनिक भएको थियो । अहिले फेरि अर्को समाचार आएको छ उनको बारेमा । नयाँ समाचार पनि उनको यौनांगकै बारेमा छ ।
एक नयाँ पुस्तकमा हिटलरको यौनांगका बारेमा विवादास्पद दाबी गरिएको छ । हिटलर लास्ट डे: मिनेट बाइ मिनेट शीर्षकको उक्त किताबमा दाबी गरिए अनुसार हिटलरको लिंग निकै नै छोटो थियो ।
उनी हाइपोस्पेडियसको समस्याबाट गुजि्ररहेका थिए । यसको मतलब उनी महिलासँगै सुत्न डराउँथे । उनी महिलासँग सुत्न डराउनुका कारण निकै छोटो लिंग भएका कारण उनी सम्भोग गर्न असमर्थ थिए ।
पुस्तकमा दाबी गरिए अनुसार आफ्नो यौन असक्षमताकै कारण उनी कुण्ठित मानसिकताका सिकार बनेका थिए र एक हदसम्म रिसाहा तथा अकडो बनेका थिए । आफ्नो यौन असक्षमता लुकाउन र आफु मर्द भएको देखाउनका लागि उनले क्रुर कामहरु गर्थे । विभिन्न खाले हत्या, दमन तथा युद्धहरुमा उनको दिलचस्पीको मुख्य कारण उनको यौन दुर्वलता नै रहेको दाबी पुस्तकमा गरिएको छ ।
हाइपोस्पेडियस भनेको यस्तो यौनिक समस्या हो जसका कारण पुरुषले सामान्य रुपमा यौन सम्पर्क गर्न कठीन पर्दछ अर्थात् उसमा निकै धेरै यौन दुर्वलता हुन्छ । हिटलरको मेडिकल रिपोर्टका आधारमा उनी यो समस्याबाट पीडित रहेको खुलासा भएको उक्त किताबमा दाबी गरिएको छ । यो पुस्तक जोनाथन मायो र एम्मा क्रेग्गीले लेखेका हुन् ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.