४१ लाखको दाइजोले पनि पुगेन भन्दै फोरमका नेताले बुहारीलाई घरनिकाला गरे


जनकपुर १ चैत्र – ४१ लाख दाइजो लिएर पाइलट छोराको बिहे गरेका यस क्षेत्रका एक नेताले केटी पक्षसँगग थप १३ लाखको माग गर्दै बुहारीलाई माइत पठाएका छन् । सिरहाको गोलबजार निवासी व्यापारी हरिनारायण साहले आफ्नी छोरी रेखा साहको बिहे ८ महिना पहिले जनकपुर उपमहानगरपालिका ९ बस्ने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता सञ्जिव साहका कान्छा छोरा पाइलट श्रवण साहसँग गरेका थिए । 

बिहेको बेला नेता साहले आफ्ना छोरालाई दाइजो स्वरूप ४१ लाख नगद र सुनचाँदीका गरगहना माग गरेका थिए । सोही अनुसार केटीका बाबु साहले ३६ लाख रुपैयाँ बैंकमार्फत र अरू नगद गरी दाइजो दिएका थिए । तर अहिले आएर केटा पक्षले थप दाइजो माग गर्दै बुहारीलाई गालीबेइज्जती र घरेलु हिंसा गर्न थालेपछि रेखा माइत फर्केकी छन् भने न्याय खोज्दै केटीपक्ष प्रहरीसाइा पुगेको छ ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook