मदेशमा आन्दोलन गरि देश टुक्राउन खोज्नेहरुसँग अदालतले धरौटी माग्यो
राजविराजः देश टुक्राउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनका छ जना कार्यकर्तासँग विशेष अदालत काठमाडौंले सोमबार धरौटी माग गरेको छ ।
जिल्ला प्राविधिक कार्यालय सुनसरी, इनरुवाका सव इञ्जिनियर भारदह १ का ३९ वर्षीय श्यामसुन्दर मण्डलसहित छ जनासँग जनही २५ हजार धरौटी माग गरिएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
प्रनाउ कार्कीका अनुसार मण्डलसहित मधेस गठबन्धनका सप्तरी संयोजक इटहरी विष्णपुर २ घर भई हाल राजविराज–७ बस्ने ३६ वर्षीय सुरेन्द्र शर्मा सुतिहार, भींड व्यवस्थापन समितिका संयोजक कल्याणपुर–३ का ५६ वर्षीय उस्मान मियाँ, भारदह २ का ३८ वर्षीय सुरेन्द्र मण्डल, भारदह–५ का २८ वर्षीय बुधेश्वर मण्ड र ३२ वर्षीय भोगेन्द्र भनिने नागेश्वर शर्मासँग धरौटी माँग गरिएको हो ।
न्यायाधीशद्वय भुपेन्द्र प्रसाद शिवाकोटी र नरेन्द्र राईको संयुक्त इजलाशपछि छ जनाले नै सोमबार जनही २५ हजार धरौटी तिरेको प्रहरी नायव निरीक्षक हरि खड्काले बताए ।
स्वतन्त्र मधेस गठबन्धन गाउँ कमिटि गठन गर्ने उद्देश्यले भारदह १ स्थित विपी माविको प्राङ्गणमा गत फागुन ७ गते भइरहेको प्रथम परिषदबाट इलाका प्रहरी कार्यालय भारदहले श्यामसुन्दर, सुरेन्द्र, नागेश्वरलाई पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट प्रहरीले व्यानर, घोषणापत्र, आमन्त्रण पत्र, पेनड्राइभ, साउण्ड बक्सलगायतको सामाग्री बरामद गरेको थियो ।
पक्राउ परेकाहरुलाई छुटाउन माग गर्दै राजविराजमा प्रदर्शन गरिरहेका बेला प्रहरीले सुरेन्द्र शर्मा, उस्मान र बुधेश्वरलाई गत फागुन ९ गते पक्राउ गरेको थियो ।
छ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने गतिविधी गरेको आरोपमा राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ अन्तर्गत मुद्दा दर्ता गरी कारवाही चलाएको थियो ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.