सनसनीपूर्ण खबर : त्रिभुवन बिमान स्थल भन्सार कार्यालयमा छापा मार्दा फेला परेको अत्याधुनिक हतियार इजरायली भएको पुस्टि


काठमाडौं- युरोपेली मुलुकबाट राष्ट्रिय सुरक्षालाई असर पार्ने शंकास्पद वस्तु नेपाल भित्रिएको सूचनाको आधारमा त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा छापा मारेको प्रहरीले इजरायली हतियार फेला पारेको छ। प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलको सूचनाको आधारमा बुधबार विमानस्थलको भन्सारमा छापा मारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गलिल प्रकृतीको इजरायली हतियार फेला पारेको हो। 

ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार इन्टरपोलले बुधबारनै 'युरोपियन मुलुकहुँदै नेपालमा राष्ट्रिय सुरक्षलाई असर पार्ने शंकास्पद वस्तु भित्रिएको' सूचना दिएको थियो। सूचना आए लगत्तै ब्युरोको टोलीले विमानस्थलको भन्सारमा पुगेको थियो। 

भन्सारमा छापा मारेर युरोपियन मुलुकबाट आएर भन्सारमा रहेका सामाग्रि जाँचकोक्रममा केही दिनदेखी रहेको एउटा प्याकेट फेला परेको थियो। प्याकेट खोलेर हेर्दा इजरायल हतियार कारखानामा बनेको गलिल प्रकृतीको हतियार फेला पर्‍यो। ब्युरो टोलीले त्यहाँ रहेका अन्य सामाग्रि समेत जाँच गर्दा अन्य शंकास्पद वस्तु भने फेला परेनन्। 

ब्युरोका एसपी दिवस लोहनीका अनुसार भन्सारका अधिकारीले केही दिन अगाडि युरोपियनमुलुकबाट नेपाली नागरिकले सो सामाग्रि भन्सार दाखिला गराएको जानकारी दिएका छन्। हतियार दाखिल गरेर ती ब्यक्ति बाहिरिएपछि भन्सारको सम्पर्कमा आएका छैनन्। हतियार भन्सारमा आएर ल्याउने ब्यक्ति सम्पर्कमा नआउँदा समेत भन्सारले प्रहरीलाई जानकारी दिएको थिएन। 

हतियार जस्तो शंवेदनशिल सामाग्रि भन्सार दाखिला भई बेवारिसे भएको अवस्थामा प्रहरीलाई जानकारी नदिएको विषयमा प्रहरीले भन्सार अधिकारीसँग सोधपुछ गरेका थिए। 

'हतियार आएर थन्किदा पनि प्रहरीलाई जानकारी नगराएको विषयमा भन्सारका अधिकारीसँग सोधपुछ गयौं' डिआइजी सिलवालले भने 'बन्द प्याकेटभित्र रहेकाले त्यहाँ के छ भन्ने थाहा नभएको भन्ने जवाफ मात्रै आयो।' 

प्रहरीले सो हतियारको विवरण लिएर नेपालमा ल्याउने ब्यक्तिबारे अनुसन्धान अगाडि बढाएको छ। गृह मन्त्रालयबाट हतियार राख्ने अनुमती पत्र पाएका ब्यक्तिले विदेशबाट हतियार मगाउनसक्ने कानुनी प्रावधान छ। 

बाह्बोरसम्मको हतियार राख्ने अनुमती पाउने भए पनि सो हतियार लाइसेन्स लिएर राख्न पाउने प्रकृतीको हो या हैन र मगाउने ब्यक्तिसँग अनुमती पत्र छ या छैन भन्ने पाटोबारे अनुसन्धान अगाडि बढाइएको डिआइजी सिलवालले बताए।

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook