सन्दर्भ महाधिबेशन : काँग्रेसले खाए एक छाकमा १५ खसी र एक टन माछा र कुखुरा


महाधिवेशनमा सहभागी ३१ सय ८२ प्रतिनिधिका लागि एक छाकमा १५ खसी, पाँच सय किलो माछा, पाँच सय किलो कुखुरा, २० क्विन्टल तरकारी, पाँच सय किलो चामल पाक्ने गरेको छ । खानापछिको डेजर्टका लागि नौ हजारवटा रसबरी र ६ सय लिटर दही खपत हुन्छ । 

खाना खुवाउने जिम्मा दिव्यश्वरी पार्टी प्यालेसले लिएको छ । महाधिवेशन मेसको मेनुमा उसिनेको अन्डा एउटा, पुरी–तरकारी, जेरी, चिया वा कफीको व्यवस्था छ । नास्ता दैनिक फरक–फरक छ । स्यान्डविज, हलुवा तथा छोलाभटुरा पनि एक–एक दिन राखिने मास्टर सेफ गोपाल सिंहले बताए। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook