दर्शकले तानातान गरे पछी अनमोलले ४ जना बडीगार्ड
शुक्रबारदेखि रिलिज भएको भुवन केसी निर्देशित फिल्म ‘ड्रिम्स’ अभिनेता अनमोल केसी शुक्रबार कतै निस्किएनन् । शनिबार भने बिहान साँढे १० मा गोपिकृष्ण र ३ बजे जय नेपालमा ‘अनमोल विथ अडियन्स’ नामक अनौपचारिक कार्यक्रम तय गरिएको थियो ।
तर, उक्त कार्यक्रमका लागि अनमोल निकटस्थले सुरक्षाको खाँचो देखे ।
एकै छानामुनि ७ वटा फिल्म हल रहेको गोपिकृष्ण मुभिजमा शनिबार दर्शकको चाप अत्यधिक हुने हुँदा युवा पुस्तामा अत्यधिक रुचाइएका युवा अभिनेता अनमोल फ्यानबाट घेरिँदा/तानातानमा पर्दाको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर चार जना बडिगार्ड खटिएका थिए ।
अनमोलकै सुरक्षाकै लागि प्रहरीको भ्यानसमेत हलमा पुगेको थियो ।
अनमोल गोपिकृष्ण पुगेपछि दर्शकहरु ‘आइ लभ यु अनमोल’ भन्दै चिच्याएका थिए । धेरैजसो दर्शक उनीसँग फोटो खिच्ने अभिलाषामा थिए ।
बडिगार्डले उनलाई हुलबाट जोगाउँदै भित्र लगेपछि दर्शकले आफ्नो क्यामरामा अनमोललाई कैद गर्ने चाहना पुरा गर्न पाएनन् । त्यसपछि अनमोलले हलको माथिल्लो तल्लामा पुगेर फ्यानलाई हात हल्लाए, सेल्फी लिए र झुकेर अभिवादन गरे ।
नेपाली फिल्मक्षेत्रका कमै अभिनेताले मात्र यस्तो ‘स्टाइल’ मा फ्यानसँग साक्षात्कार गर्ने मौका पाएका छन् ।
उनको सुरक्षाका लागि एमालेसम्बद्ध युवा संघका कार्यकर्ताको सहयोग लिइएको बताइन्छ ।
अनमोलले शनिबार गोपिकृष्णपछि अष्टनारायण र जय नेपाल हलका दर्शकसँग भेटे । अष्टनारायणमा फिल्म चलिरहँदा अनमोल पुगेपछि शो नै रोकिएको थियो । जब अनमोल पुगे सबैका मोबाइल उनीतिर सोझिएका थिए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.