एकासी डलरको भाउ अप्रत्यासितरुपमा घट्यो
अमेरिकी डलरको भाउ साताभर घटेको छ। आइतबार अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय १० रुपैयाँ २८ पैसा कायम भएकोमा त्यसयता क्रमिक रुपमा डलरको भाउ घटिरहेको छ।
सोमबार १ सय १० रुपैयाँ १० पैसा कायम भएको डलरको बिक्रीदर मूल्य मंगलबार १ सय ९ रुपैयाँ ७७ पैसामा झरेको थियो। बुधबार १ सय ९ रुपैयाँ १३ पैसा र बिहिवार १ सय ८ रुपैयाँ ४७ पैसामा डलरको भाउ कायम भयो।
त्यस्तै शुक्रबार १ सय ८ रुपैयाँ ६ पैसा हुँदै आज शनिबार १ सय ७ रुपैयाँ ९२ पैसामा डलरको बिक्रीदर मूल्य कायम भएको छ।
पछिल्लो खरिददर मूल्य १ सय ७ रुपैयाँ ४६ पैसा रहेको छ।
अमेरिकी गैर कृषि बेरोजगार प्रक्षेपण भन्दा बढी नै पाइएपछि अमेरिकी डलरको अवमूल्यन सुरु भएको हो। अमेरिकी शेयर बजारमा पनि गिरावट आउने क्रम सुरु भएको छ। उता उत्तर कोरियाले अमेरिकासित शसक्त प्रतिकारको चेतावनी दिइरहँदा विश्वबजारमा आतंकको त्रास बढेको छ। जसले गर्दा डलरभन्दा सुनमा लगानीकर्ताको आकर्षण बढ्दो छ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.