परस्त्रीमा लिप्त भएका कारण मिनेन्द्र रिजाल लाई नेपाली काँग्रेसको अधिबेशनमा एक्ल्याउंदै


काठमाडौं, २० फागुन । विपरीत लिंगप्रतिको चरम आशक्ति र कच्चा राजनीतिक खेलका कारण नेपाली कांग्रेसका एक चर्चित नेता तथा निवर्तमान सरकारका प्रवक्ता घर न घाटको बनेका छन् । 

शेरबहादुर देउवाद्वारा क्रेनले झैँ तानेर थपक्क नेपाली राजनीतिमा स्थापित गरिएका मीनेन्द्र रिजाल नियन्त्रण गर्न नसक्ने आफ्नै बानी र अराजनीतिक व्यवहारका कारण दुर्दशापूर्ण अवस्थामा पुगेका हुन् । देउवाद्वारा खेदिएका र सुशीलद्वारा समेत पछिल्लो चरणमा मन्त्री भए पनि बालुवाटारमा खुल्लमखुला प्रवेश निषेध गरिएका मीनेन्द्रले कांग्रेस अधिवेशनको दौरान विराटनगरमा आत्मघाती खेल खेले । आफ्नो कुनै निर्वाचन क्षेत्र नभएका उनको उपमहानगरपालिका–१ मा घर छ । भाडामा लगाइएको यसमा उनी बस्दैनन् र गएका बेला दाजुकोमा बस्छन् । निर्वाचन क्षेत्र ६ मा घर पर्छ । त्यहाँबाट संस्थापनकै महेश आचार्य सभासद्मा निर्वाचित छन् । तर, यसै क्षेत्रलाई मीनेन्द्रले समेत आफ्नो कार्यथलो बनाउन खुब प्रयास गरे । महेशकै मानिस क्षेत्रीय सभापति प्रेम पराजुलीलाई भड्काए । 

प्रेमलाई मीनेन्द्रले ‘तिमीजस्तो क्षमता भएको मानिस जिल्लामा बरालिइरहने हो ? यसरी हुँदैन अब केन्द्रिय राजनीति गर्नुपर्छ, के के चाहिन्छ सबै सहयोग गर्छु’ भने । होला त नि भन्ठान्दै प्रेम महेशलाई छाडी खुरुक्क मीनेन्द्रको पछि लागे । राम्रा मानिसका रूपमा रहेका प्रेमलाई महेशबाट चुँडाए तर क्षेत्रीय सभापतिमा मीनेन्द्रले उनलाई समर्थन गरेनन् । बरु राजनीतिभन्दा बढी व्यापारमा रमाइरहेका वसन्त हुमागाईंलाई उठाए । प्रेमलाई केन्द्रीय सदस्य बनाउने आश्वासन दिएर वसन्तलाई समर्थन गर्न लगाए । यता, महेश पक्षबाट विनोद बस्नेत उठे । मीनेन्द्रले संसद्को चुनावमा झैं मन फुकाएर खर्च गरे । तर, विनोदले चुनाव जिते । 

देउवाद्वारा झन्डै सफाया - खटिएका कार्यकर्ताभन्दा डाक्टर झुण्डाएका मानिसलाई खुरुक्क टिपेर केन्द्रमा ल्याउने कांग्रेसको चलनअनुसार देउवाले अमेरिकामा पढ्दै गरेका टापटिपे मीनेन्द्रलाई केही वर्षअघि टपक्क ल्याएर केन्द्रीय नेता बनाए । पारिवारिक सदस्य झैं मीनेन्द्र देउवानिवास बूढानीलकण्ठमा आउजाउ गर्थे । कार्यक्रमकै क्रममा देउवा भोजपुर जान भनी हिँडे । तर, उडान रद्द भएका कारण उनी जान सकेनन् र सोझै घर फर्किए । ठूलो परिसर भएको निवासमा देउवा आएको घरका मानिसले पत्तो पाएनन् । उनी सरासर भित्र जाँदा मीनेन्द्र नसोचेको भूमिकामा देखा परे । त्यसपछि उनी कृष्ण सिटौलालाई पूजनीय मान्दै संस्थापन पक्षमा छिरे । संस्थापनमा राम्रै हैसियत थियो । संविधान जारी गर्ने सरकारको प्रवक्तासमेत बने । सुरुमा पार्टीबाट बन्ने प्रायः वार्ता टोलीमा मीनेन्द्रलाई सुशीलले राख्थे । तर, जब उनका खास क्रियाकलाप र रुचिबारे दैनिक झैँ प्रत्यक्ष कुरा पुग्न थाले सुशील रिसाए । 

सुरुमा निकै महत्व दिइएका मीनेन्द्र पछि राजनीतिक वार्ता टोलीमा पर्न छाडे । यसको स्थान विस्तारै महेश आचार्यले लिए । महाराजगन्जमा सुशीलले बोलाएको संस्थापनको छलफलमा समेत मीनेन्द्रले सुशीलको र महेशले रामचन्द्र पौडेलको पक्षमा बुझिने गरी मत जाहेर गरे । शेखर कोइरालाले पनि पार्टी नेतृत्व कोइराला परिवारबाटै हुनुपर्छ भन्ने मान्यता छाड्नुपर्ने भनाइ राखेका थिए । सुरुदेखि नै महेश र शेखर रामचन्द्रलाई दिँदा पनि हुन्छ भन्ने पक्षमा थिए । सुशील अनुपस्थितिमा मीनेन्द्र न देउवाको न त रामचन्द्र पौडेलको नै हुन सक्नेछन् । रामचन्द्रलाई सहयोग गर्दै आएका उनका चरम प्रतिस्पर्धी महेश र शेखरले मीनेन्द्रलाई पौडेलको छेउ पर्न दिने छैनन् । यता देउवाले मीनेन्द्रलाई कसरी आफ्नो सम्झलान् र ? 

अर्को अभियान - सञ्चारमन्त्री भएका बेला मीनेन्द्र नेपाल टेलिभिजन, रेडियो नेपालमा कार्यरत महिलासँगको सम्बन्ध तथा चलचित्र विकास बोर्डमा नायिकालाई नियुक्त गर्दा चर्चामा आइरहे । विपरीत लिंगप्रति यिनको आकर्षण र सम्बन्धबारे जेजति घटना हुन्थे ती सबै प्रत्यक्ष रूपमा बालुवाटारमा पुग्थ्यो । त्यतिबेला मन्त्रालयमा धूमपान कक्षको चर्चा प्रेस युनियन निकट पत्रकारबीच खुब हुन्थ्यो । कुन दिन, कुन सञ्चारकर्मी वा नेपाल टेलिभिजन र रेडियो तथा राससमा नियुक्ति हुन इच्छुक स्त्री त्यहाँ पुगे भनी चियोचर्चो र चियागफ खुब चल्थ्यो । अहिले मीनेन्द्रको धूमपान कक्षमा पुग्ने र घन्टौंसम्म त्यहाँ बिताउन बाध्य स्त्रीलिंगीका आफन्तले मीनेन्द्रविरुद्ध केन्द्रीय सदस्य पनि आउन नदिने भनी भित्रभित्रै अभियान सुरु गरेका छन् । देउवाका हुन नसक्ने, रामचन्द्रको पूर्वमा खास मान्छेका रूपमा महेश नै रहने भएपछि मीनेन्द्र अब कसको फेर समातेर कांग्रेसको नेता बनिरहलान् ? जनआस्था साप्ताहिकमा खबर छ ।

श्रोत : DC Nepal

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook