तारा र काष्टमण्डप एयरको विमान दुर्घटनाको घटना सेलाउन नपाउदै गोमा एयरको जाहजमा यसरी चरा ठोकियो


काठमाडौं, १९ फागुन । लगातार विमान दुर्घटनाका खबरले सर्वसाधारण त्रसित भइरहदा बुधबार थप एक विमान दुर्घटनामा परेको छ । यद्यपी उक्त जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । आज बिहान काठमाडौंबाट लुक्लाका लागि उडेको गोमा एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो । विमानस्थलबाट उड्ना साथ जहाज चरासँग ठोक्किएको थियो । 

चरासँग ठोक्किएपछि पाइलटले तुरुन्तै आकस्मिक अवतरण गरेपछि ठूलो दुर्घटनाबाट जोगिएको विमानस्थल स्रोतले जनाएको छ । बिहान ८ बजेर ४६ मिनेट जाँदा चील ठोक्किएको जहाजमा सबै यात्रुलाई पाइलटले आकस्मिक अवतरण गरी जोगाएका छन् । 

उक्त जहाजमा ९ जना यात्रु सवार थिए । जहाजमा सवार सबै सकुसल रहेको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए । जहाजसँगै चराहरु पनि एक्कासी उडेपछि विमानमा ठोक्किएको बताइएको छ । चरा विमानको दायाँ पखेटामा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानको पखेटा सामान्य कुच्चिएको छ । विमानमा चरा ठोक्किएपछि उडान रद्द गरिएको छ ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook