अर्चना पनेरुलाई फिल्म खेलाउने भन्दै सेक्स प्रस्ताब गरेको आरोप


पोर्न स्टार बन्ने र पोर्न फिल्म बनाउने भन्दै केहि समय देखि नेपाली समाजमा बिकृती फैलाईरहेकी भारतीय मुलकी अर्चना पनेरुले नेपाली चलचित्र उद्दयोगका चार बादशाह भन्नेहरुले आफुलाई फिल्म खेलाउने भन्दै सेक्सको प्रस्ताब गरेको आरोप लगाएकी छिन् । 

सोमबार बिजपार्टी नामक युटुब नामले सार्बजनिक गरेको भिडियोमा उनले पत्रकार संगको अन्तर्बातामा बताएकी हुन् । अर्चनाले उक्त भिडियोमा निर्देशक राजु गिरीको फिल्म नखेल्नु,हाम्रो फिल्म खेल,हामीलाई सेक्स गर्न देउ,तिमी संग भेटेको कसैलाई नभन्नु,हामीले चाहने हो भने २ मिनेट भित्र जो सुकै हिरोईन र मोडललाई सेक्स गर्न बोलाउन सक्ने भन्दै सेक्सको प्रस्ताब गरेको आरोप लगाएकी छिन् । 

अर्चनाका अनुसार चलचित्रका बादशाह भन्नेहरु निर्माता माधब वाग्ले,अर्जुन कुमार,निर्देशक सिमोस सुनुवार,र टेकेन खड्काले आफुलाई सेक्स प्रस्ताब गरेको खुलस्त रुपमा बताएकी छिन् । 

यस बिषयमा निर्माता वाग्ले संग टेलिफोन सम्पर्क गर्दा उनले आफुहरुले फिल्मका लागि भेटेको तर,त्यस किसिमको प्रस्ताव नराखेको दाबी गर्दै झुट रहेको बताए । उनले छोराछोरी ठुला भईसकेको यस्ता गलत समाचारले असर गर्न सक्ने बन्दै यस्ता समचारलाई स्थान नदिनु समेत भने । यस्तै निर्माता अर्जुन कुमारलाई पटक पटक फोन गर्दा उनले पनि फोन उठाएनन् । 

यस्तै अर्चना पनेरु संग टेलिफोन सम्पर्क गर्दा उनले आमा सुनितालाई फोन दिईन् र उनले भनिन् ‘हामी तपाईलाई चिन्दैनौ’ फोन नगर्नुहोला । त्यसपछि फेरी पनि आधिकारिक भनाई लिनका लागि हो भनेर कल गर्दा रेस्पोन्स गरिनन् । 

अर्का आरोपित निर्देशक सिमोस सुनुवार संग टेलिफोनमा कुरा गर्दा उनले आरोप सरासर झुट रहेको दाबी गर्दै ३।४ दिन अघी तबला रेष्टुरेन्टमा भेटघाट गरेको एक नयाँ फिल्मका लागि अफर गरेको तर,सेक्स प्रस्ताव राखेको कुरा चरित्र हत्या गर्नका लागि नै स्काण्डल मच्चाईएको दाबी समेत गरे । 

मिटिङका समयमा अभिनेता भुवन केसी समेत आसपासमा रहेको र अर्चनाको निजी सचिब सरह बनेर सो समुहलाई मिटिङ फिक्स अनलाईनमा कार्यरत प्रनब सुबेदीले गरेको बताउदै अर्चनाकै कथामा नयाँ फिल्म बनाउन लागेको र उक्त फिल्म आफुले निर्देशन गर्न लागेको सिमोसले जानकारी गराए । 

आफै पोर्न स्टार बन्न चाहेको बताउने र उद्देश्य नै रहेको बताउनेलाई सेक्स प्रस्ताब राख्नु खासै नोलो कुरा भने होईन । यद्दपी यो बिषयले कुन रुप लिने हो हेर्न बाँकी छ ।

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook