दुखद खबर : दक्षिण कोरियामा ह्वात्तै बढ्यो आत्महत्या गर्ने नेपालीको संख्या, जन्मेपछि मृत्यु निश्चित भन्दै फेरी गर्यो एकले आत्महत्या
गुल्मीको अर्खले गाविस स्थायी घर भएका विजय केसीले झुन्डिएर आत्महत्या गरेका हुन् । छल्लादो ख्वान्गन्जुस्थित सोछ्नदोंगमा कार्यरत केसीको शव शनिबार अपरान्ह झुन्डिएको अवस्थामा भेटिएको हो ।
२०१४ मे मा कोरिया आएका केसीले पुराना कपडा जम्मा गरि कपडाको प्रकृति छुट्टाउने कम्पनीमा कार्यरत थिए । मृतक केसीले तीन पेज लामो सुसाइड नोट लेखि छोडेको घटनास्थल पुगेका झापाका श्री खनालले जानकारी गराए ।
२४ वर्षीय केसीले सुसाइड नोटमा साथीहरुलाई सम्बोधन गर्दै आफू शारीरिकरुपमा कमजोर भइ स्वास्थ्य अनुकुल नभएको उल्लेख गरेका थिए ।
सुसाइड नोटमा उनले परिवारलाई सान्त्वना दिदै जन्मेपछि मृत्य अवश्य हुने पनि लेखेका थिए । स्थायी घर गुल्मी भएको केसीको परिवार हाल बुटवल बस्दै आएका छन् । मृतकका दाजु पनि कोरियामै कार्यरत छन ।
सोलस्थित श्रम सहचारी अनिल गुरुङले घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.