अत्यन्तै दुखद खबर : रोजगारीका लागी दुबईमा आएका एक नेपालीको समुन्द्रमा डुबेर मृत्यु
दमक, समुद्रमा डुबेर दुबईमा झापाका एक युवकको ज्यान गएको छ । वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका तोपगाछी–७ केराधाप घर भएका ३० वर्षीय भुपेन्द्र भण्डारीको समुद्रमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो ।
गएको फागुन १४ गते समुद्रमा डुबेर मृत्यु भए पनि भण्डारीको परिवारलाई भने १३ दिनपछि हिजो बिहीबारमात्र जानकारी आएको मृतकका दाजु भुवन भण्डारीले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका भण्डारी रोजगारीका क्रममा दुबई पुग्नुभएको थियो । उहाँको मृत्युको खबरले अहिले परिवार शोकमा डुबेको तथा मृतक भण्डारीको शव यही चैत १ गते नेपाल आइपुग्ने छिमेकी महेन्द्र अधिकारीले बताउनुभयो ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.