वैशाखमा घर अाउँछु भनेका कुवँर मलेसियामै निदाए


इलाम :‘वैशाखमा घर आउँछु, नानीलाई राम्ररी पढाउनु’ अहिले फोन राखें है भनेको एक दिन नबित्दै छोराको मृत्युको खबरले बरबोटे-६ को कुवँर परिवार शोकमा डुबेको छ । चार वर्षअघि मलेसिया पुगेका इलाम बरबोटे–६ का ३१ वर्षीय जगत कुवँरको सुतेकै अवस्थामा शनिबार दिउँसो ज्यान गएको हो । 

मलेसियास्थित जेसीवाई कम्पनीमा कार्यरत कुवँरको रातको ड्युटी सकेर सुतिरहेका अवस्थामा ज्यान गएको उनका भाई ठाकुर कुवँरले जानकारी दिए । आगामी वैशाखमा घर फर्कने गरी टिकटसमेत बुकिङ गरिसकेका अवस्थामा दाजुको मृत्युको खबरले परिवारमा शोकमग्न बनेको ठाकुरले बताए । जगतका श्रीमती सात वर्षीया एक छोरी छन् । रासस

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook