अनेरास्ववियुमा ओली पक्षबाट नविना अध्यक्षकी उम्मेदवार, ऐन महरले अध्यक्षको दाबी फिर्ता लिए पछि नविना अध्यक्ष बन्ने लगभग पक्का


काठमाडौं : नविना लामालाई एमालेको संस्थापन पक्षले २२ महाधिवेशनका लागि अनेरास्ववियुको भावी अध्यक्षकारुपमा अघि सारेको छ । अध्यक्ष केपी ओली पक्षबाट पोलिट्ब्यूरो सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज भानुभक्त ढकालको संयोजकत्वमा गठित समितिले नविनालाई अध्यक्षको उम्मदेवार बनाउने निर्णय गरेको हो । आफ्नो पक्षका उम्मेदवारको टुंगो लगाउन ओलीपक्षले ओली पक्षले भानुभक्तको संयोजकतव्मा पूर्वअध्यक्षहरु खिमलाल भट्टराई, माधव ढुंगेल र किशोरविक्रम मल्ललाई जिम्मा दिएको थियो । 

अध्यक्षको उम्मेदवारको दौडमा रहेका अर्का अनेरास्ववियु नेता ऐन महरलाई पछि पार्दै नविनाले एमाले संस्थापनको आर्शिवाद पाउन सफल भएकी हुन् । ओली पक्षले आफ्नो तर्फबाट अनेरास्ववियुको भावी नेतृत्वका लागि अध्यक्षमा नविना र महासचिवमा ऐन महर र रश्मी आचार्यमध्ये एकलाई अघि सार्ने तयारी गरेको हो । नविनालाई अध्यक्षमा टुंगो लगाएपछि ओली पक्षले उनको प्यानलनका पदाधिकारीका उम्मेदवारको अल्फाबिटा हाउसबाट घोषणा गर्दैछ । माधव नेपाल पक्षबाट भने अध्यक्षका लागि दीपक गौतमको नाम पक्का भइसकेको छ । नेपाल पक्षले प्यानलनको भने टुंगो गरिसकेको छैन ।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook