सनसनीपूर्ण खबर : के नेपाल सरकारले इजरायल खुलाउन यस्तै सम्झौता गरेकै हो त ? किन छनोटमा परेन तालिम लिएका कुनै पनि उम्मेदवार ?


तेज बहादुर श्रेष्ठ
हाल इजरायल

के नेपाल सरकारले इजरायल खुलाउन यस्तै सम्झौता गरेकै हो त ? नत्र किन केयर गिभरको तालिम लिएका कुनै पनि उम्मेदवार छनोटमा परेका छैनन् । पहिलो चरणमा ६० जनालाई इजरायल पठाउने तयारी गरेको विभागले प्रकाशित गरेको एक सय जनाको नामावलीमा केयर गिभरको तालिम लिएका कसैको नाम छैन भन्ने कुरा पत्रपत्रिकामा आएको छ । के तिनीहरुले इजरायलको कामको प्रकृति नबुझेकै हुन् त् ? 

नर्स, अनमी र सिएमए योग्यताले ५ % सहयोग गर्ला अरु ९५ % सहनशीलता /धैर्यता ,बल ,घरायसी कामको ज्ञान नै चाहिन्छ भन्ने जो कसैलाई पनि थाहा भैसकेको छ । यिनका निर्णय देखेर हेरी बनावटी हासो पो आयो । नर्स, अनमी र सिएमए अध्ययन गरेका मात्र छनौट गर्ने भए किन दिएका हुन् दुख सोझा निमुखा जनताहरुलाई ? आश देखाएर किन खर्च गराएका हुन् कुन्नि ? जुन देशले जस्तो जनशक्ति माग्यो तेस्तै दिन तयार हो हाम्रो सरकार ?  सक्षम जनशक्ति देश बनाउन लगाउन तिनलाई अवसर दिने कार्यक्रम तिर पटक्कै ध्यान छैन फेरी देश बिकाश गर्छु भनि खोक्छन् नीति निर्माता र ठाउमा पुगेका हाम्रा नेताहरु ...थुक्क रेमिट्यान्समा मोज गर्न पल्केकाहरु !

श्रोत : तेज श्रेष्ठको फेशबुक बाट 

, , ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook