उत्तेजक तस्बिरका कारण सधैं चर्चामा रहने पुनमले गर्भपतन गरेको खुलासा
- एजेन्सी
माघ १८, २०७२-
उत्तेजक तस्बिरका कारण सधैं चर्चामा रहने बलिउड मोडल पूनम पाण्डे अहिले गर्भपतन गरेको खबर मिडियामा छाइरहेकी छिन् ।
सामाजिक सञ्जालमा नग्न तस्बिर पोस्ट गरेर चर्चामा आउने पूनमले मुम्बईको एक सुविधासम्पन्न अस्पतालमा सुटुक्क गर्भपतन गराएको इन्डिया डटकमले जनाएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि पूनम घरमै आराम गरिरहेको र प्रसूतिसँग सम्बन्धित चिकित्सकसँग नियमित सम्पर्कमा रहेको समाचारमा उल्लेख छ ।
पछिल्लो समयमा पूनम अभिनेता विनोद खन्नाका छोरा साक्षी खन्नासँग डेटिङमा व्यस्त रहेको बताइएको थियो ।
यो समाचार सार्वजनिक हुने बित्तिकै पूनम त्यसको खण्डन गर्न अग्रसर भइन् । ‘मिडियामा आएका यी सबै कुरा अफवाह हुन्,’ पूनमले भनिन्– ‘जुन समयमा म अस्पतालमा थिए भनिएको छ त्यतिबेलामा सुटिङमा व्यस्त थिए । यस प्रकारको झूटा कुराले मेरो छवि बिग्रन्छ, त्यसैले म समाचार पढेर नर्भस भएँ । साक्षी खन्नासँग डेट गरिरहेको भन्ने कुरा पनि गलत हो । म र साक्षीबीच त्यस्तो कुनै सम्बन्ध छैन् ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.