सुखद खबर : गत असोज ७ गतेदेखि अघोषित रुपमा भारतले लगाएको नाका आज बाट पूर्ण रुपमा खुलेको छ ।


वीरगञ्ज–वीरगन्ज नाका शुक्रबार दिउसोदेखि सुचारू भएको छ। मुल नाकाबाट मालवाहक ट्रकहरू भित्रने क्रम सुरू भएको छ। स्थानीय व्यापारी र अान्दोलनकारीले नाका अवरोध हटाएपछि वीरगन्ज नाका सुचारू भएको हो। स्थानीयले नाका अवरोध गर्न राखिएका पाल जलाएका थिए। अान्दोलनरत मधेसी मोर्चाले नाका खुलेको अाैपचारिक घोषणा नगरेपनि अवरोध हटाएपछि नाका सुचारू भएको हो। 

स्थानीयले मितेरी पुलमा रहेका पाल र ढाट हटाएका छन्। नाकामा अान्दोलनकारी देखिएका छैनन्। नाकामा सवारी साधनहरू चल्न सुरू गरेका छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ भने नाकामा एकाएक चहलपहल बढेको छ। मोर्चाका स्थानीय नेताहरूले केन्द्रमा नाका अवरोध हटाउने निर्णय हुन लागेको भन्दै अब नाका अवरोध नहुने प्रतिकृया दिएका छन्। 

नाकामा पुगेका सोनललाई स्थानीयको अवरोध 

यता नाका खुले लगत्तै तमलोपा महासचिव जितेन्द्र सोनल वीरगञ्ज नाकामा पुगेका थिए। मोर्चाको आधिकारीक निर्णय नभए सम्म नाका नखुल्ने भन्दै नाका खुलेको १ घण्टा पछि सोनल केहि कार्यकर्ता सहित नाकामा पुगेका हुन्। उनको नेतृत्वमा गएका मोर्चा कार्यकर्ताले नाकालाई नियन्त्रणमा लिने प्रयास गरे पनि उनको टोलीलाई स्थानीयले धपाएका छन्। उनले नाका खोल्ने अाधिकारीक निर्णय नभएको भन्दै नाका बन्द नै हुने बताए।

, ,

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.

Follow on Facebook