अत्यन्तै दुखद खबर : जापानमा एक नेपालीद्धारा ट्रेनको लिकमा हामफलेर यसरी आत्महत्या
जापानमा डिपेण्डेन्ट भिषामा रहेका एक नेपालीले विहिवार अपरान्ह टोकियो स्थित ट्रेनको लिकमा हामफालेर आत्महत्या गरेका छन । वाग्लुङ जिल्लाको गल्कोट काँडेवास ९का २१ वर्षिया ओमकार कँडेलले अपरान्ह २/३ वजेको समयमा द्रुत गतिमा रहेको रेलको लिकमा हाम फलेर आत्महत्या गरेका हुन ।
टोकियो ओमोरी खाईदान स्टेशनमा द्रुत गतिमा रहेको केक्युलाईनमा एक्कासी हामफालेका कारण उनको घटनास्थलमै मृत्यु भएको जापान प्रहरीले जनाएको छ । परिवारसंगै कामतामा वस्दै आएका कँडेलका बुवा टोपलाल कुक भिषामा कार्यरत छन । आफनो भाईलाई आत्महत्या गर्नुको कारण सहितको चिठी छोडेका उनले केही दिनयता आफना पुराना साथीहरुसंग भेटघाट गरेको परिवार स्रोतले जनाएको छ ।
सुसाईड नोटमा भाईलाई सम्वोधन गर्दै कँडेलले -‘भाई अवि मेरो आज अन्तिम दिन हो कहिल्यै नफर्कने गरि टाढाँ जादैछु। कसैप्रति गुनासो छैन । म आफनै कारण जिवनबाट विदा लिदैछु ।’ भनेका छन । गल्कोट समाजका उपाध्यक्ष दिलु खत्रीका अनुसार मृतक कँडेलको पार्थिव शरिरलाई सोमवार मंगलवार भित्रमा दाहसंस्कार गरिनेछ । बुवा, आमा र भाईसंगै वस्दै आएका कँडेलले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.