नेहा पुनको हत्यापछि प्रवासबाट एक सनसनीपूर्ण प्रश्नः के छोरी भएर जन्मनु भुल हो ?
आमा, श्रीमती, दिदीबहिनी, चेलीबेटी तथा साथी चाहिने तर छोरीको जन्म भयो भन्दा एक शब्दको शुभकामना दिन हिच्किचाउने हाम्रो नेपाली समाजमा छोरीहरु जिउँदै जल्छन्। कतै जिउँदै जलाइन्छन् ,कतै अनुहारभरि एसिड खन्याइन्छन् । एक्काइसौं सताब्दीको महिलामाथिको यो हिंसा शब्दमा उतार्नुपर्दा निकै पीडा हुने रहेनछ । पृथ्वीमा भएका हरेक महामानव र महापुरुषहरु चाहे जति नै शक्ति सम्पन्न भएका किन नहुन्, ती सबैलाई एक आमा यानेकी कुनै न कुनै ‘आइमाई’ ले जन्म दिएकी हुन् । हुर्काई– बढाई सक्षम ब्यक्ति बनाउन दिनरात, भोक तिर्खा नभनी खटिने आमा नै हुन्। तर तिनै आमाकी अर्की स्वरुपलाई कतै लछारपछार पारिन्छन्, कतै बलात्कारको शिकार बनाई अझ यातना दिई मारिन्छ्न् । बिचरा ती नेहा बहिनीहरु। जसले संसार त्याग्नु परेको छ। र ती कायर पापीहरु यही समाजमा निर्धक्क सँग डुलिरहेका छन्,खुशीले जश्न मनाइरहेका छन्। तर उता नेहाहरु यातनाको आगोमा जिउँदै जल्नु छ, तड्पिदै मरण स्वीकार गर्नु छ।
कायर र पापीहरु बहस र विचारले वार कहिले गरेका छन् र ? अहिले र आज गरुन् । एक त मानव शरिर आफैमा शिथिल हुन्छ जसलाई एक चम्चा विष, एक घुट्को पानी, एउटा कुनै भागको नशा मात्रै काटिदिए सकिन्छ जीवन। तर कायरहरु त्यही शरिरको अन्त्य गर्न हतियार, बम(बारुद, आगो गोली प्रयोग गर्दछन्।
यसैको एक उदाहरण, पोखराकी नेहा पुन बहिनीको बलात्कार पछि पाशविक रुपमा हत्या हुनु हो। एक किसिमले कुनै धर्मग्रन्थका अदृश्य प्रतिविम्बलाई राक्षसको संज्ञा दिने हामीहरुले आज सम्म कुनै राक्षसले यसरी कुकर्म गरेको देखेका छैनौं। जसले बलात्कार पछि पनि शारीरिक यातना दिँदै हत्या गर्दछ। तर यी सब गर्ने हामीले हाम्रै समाज भित्रका मान्छेहरूले गरेको देखेका छौं, भोगेका छौं भने त्यो मानव नै देखेका छौँ। त्यसैले कहीँ न कहीँ हामीले नै ती पाशविक मानवको जन्म दिएका छौं।त्यो पाशविक चरित्रलाई जन्माएका छौं, पालन पोषण गरेका छौं र नै हामीले नि त्यो कर्मको फल यसरी डरलाग्दो घटनाको रुपमा भोग्नु परेको छ।
जब सम्म अपराधी मानसिकता भएको छोराले अपराध गर्दा ति छोराको आमाले अनि उसको घरपरिवारले उसको अपराध धाकछोप गर्ने, लुकाउँने गल्ती गर्दा गल्ती गरिस्, अब गल्ती अनुसारको सजाय पाँउनु नै पर्छ भन्ने घर समाजको निर्माण हुँदैन, तब सम्म हाम्रा चेलीबेटीहरु सुरक्षित हुने छैनन्।
एउटा समुदायको छोरीको बलात्कार हुँदा अर्को समुदायले चासो नलिनु, वास्ता नगर्नु, ह्या त्यो जातकि छोरी हो, जे सुकै होस् भन्ने व्यबहार र मानसिकता देखाईन्जेल हाम्रो घर र समाज अपराध मुक्त हुँदैन।एक अपराधीलाई उसको अपराध बमोजिमको सजाय दिन बाट जोगाउन राजनितिक तथा आर्थिक अनेकौं क्षेत्रबाट दबाब दिइन्छ हाम्रो समाजमा। र यहि कुरा नै हाम्रो समाजको अपराध बचाउ र अपराधलाई प्रोत्साहन गरिरहन्छ।
आज नेहाको दुस्खद घटना घट्यो।भोली यस्तै अर्को डरलाग्दो घटना घट्नेछैन भनेर हाम्रा दाजुभाइ तथा हाम्रो समाजले के ग्यारेन्टी दिन सक्ला ? अहँ पक्कै पनि सक्ने छैन।हाम्रो देशको कानुन पनि महिला र गरिब दिनदुखीको लागी कहिले बनेन।पैसाको तराजुमा न्याय सधैं तौलिईरह्यो।अझै कहिले सम्म पैसाले न्याय तौलिने हो, यहाँ भबिस्यबाणी गर्न सक्ने ब्यक्ती कोहि छैन।
हिजो नेहा पुन बहिनिको त्यो अवस्था हुँदा आज हरेक आमाबाबाहरुको पिडाले मुटु टुक्राटुक्रा भएको छ।ति दाजुभाइहरु जसले आफ्ना दिदिबहिनीलाई आमासमान मानेर मायाँप्रेम सत्कार अनि दुस्खसुखमा साथ दिन्छन्, ति दाजुभाइहरुको हृदय क्रोधको आगोमा जलिरहेको छ।ति हजुरआमाबुबाहरु, नातिनिको त्येस्तो हृदयबिदारक अवस्था देख्दा मृत्युलाई धिक्कारेका छन्।ति सङ्गीसाथिहरु, आफ्नो हितैसीको त्यो अवस्था हुँदा जीउँदै मरे सरह महसुस गरिरहेका होलान् कठै।
आखिर हाम्री नेहा बहिनीलाई त्यो कुकर्म गर्ने ब्यक्ति अन्त कतैको संसारबाट आएको होइन।त्यो राक्षसि नियत हाम्रो बिचमै हुन्छ, मात्रै यति फरक छ, कि हामीले त्यो ब्यक्तिलाई चिन्न सक्दैनौं। किनकि ब्यक्ति एक चरित्र एक हुन्छ मान्छेमा। देखिने अनुहारले भित्री चरित्र र नियत देखाउँदैन।यही कारण हामी सँग हरदम चनाखो हुनुको विकल्प छैन।र यहाँ छोरी बनेर बाँच्न त झन् सजिलो छैन।
हर बखत गिद्दे नजरहरुको प्रताडना सहनु, हरेक दिन मनभरि डर(त्रास बोक्नु पर्ने छोरीहरुको बाध्यता छ। चाहे युगको जुनै शताब्दीमा किन नहोस्, छोरीहरु सुरक्षित छैनन्।तब सम्म जब सम्म हाम्रै बीचमा पाशविक नियत भएका मानवहरु हुनेछन्।
र अन्तमा नेहा बहिनीको अपराधी चाहे जो होस् उसलाई सजाय मृत्यु नभई पलपलको यातना होस्। तब उसले मृत्यु आफैले पुकार्नु परोस्।यातना जसले अरु यस्ता पाशविक चरित्रको जन्म हुने गर्भ बस्न नसकुन।र छोरीहरु निर्धक्क सँग बाँच्न सकुन।यति कुरा हुन सके नेहा बहिनीको लागि सच्चारुपमा श्रदान्जली हुनेछ ।
–हाल हङकङ
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.