होसियार : कुवेतमा एक जना युवकलाई नक्कली मायाजालले यसरी नराम्रोसंग फसायो
पिडित कुल बहादुर तामाङ
जनवरी ७ – कुवेतमा चार बर्ष देखि अलमुल्ला सेक्यूरिटी कम्पनि कुवेतमा कार्यरत कुलबहादुर, मायाको षड्यन्त्रमा फसेका छन् ।
१८ महिना सम्म कुवेत बसुनaजेल मायाँ लगाउने तर बिबाह गरेर घर लैजान नसक्ने कुराको सहमती संगै सिन्धुपाल्चोकको निमा डोल्मा तामाङ संग प्रेम सम्बन्ध जोडे पनि विभिन्न कुराहरुमा मनमुटाव भएपछी ८ महिना पहिले उनिहरुको सम्बन्ध टुटेको उनले फोन मार्फत परदेशी खबरलाई बताए l
नुवाकोट मनकामना वाड नं ६ का कुलबहादुर तामाङका २ बर्ष ७ महिनाका छोरा र श्रीमती घरमा रहेको कारण नै बिबाह गरेर घर लैजान नसक्ने सर्तमा मन्जुर दुवै जना प्रेम सम्बन्धमा बाँधिए पनि निमा डोल्माले सम्बन्ध टुटे पछि पनि “तिमीले मलाइ छोडे घरको छतबाट हाम फालेर आत्मा हत्य गर्छु , नत्र छुरिले मुटु खोपेर मर्छु।” भन्दै भिडियो म्यासेज गरेर टर्चर गर्ने गरेको तामाङ बताउँछन। निमा डोल्माले आफू भन्दा पहिले पनि धेरै केटाहरुलाइ धोका दिइसकेको र भु पु प्रेमिकाले निमाको नाङ्गो तस्विर बनाएर आफुलाइ ब्ल्याकमेल गरेको र तिम्रो यस्तो तस्विर आइरहेको छ के हो भनेर म्यासेनजरबाट त्यो तस्विर इनबक्समा पठाउँदा त्यसैलाइ इस्यु बनाइ स्पोन्सर कुवेतिको सहारा लिइ मुद्दा दर्ता गरेको उनि बताउँछन।,
तामाङ १८ जनवारी २०१६ मा घर फर्किने भनी एयरपोर्ट पुग्दा उनलाइ एयरपोर्टबाटै गिरफ्तार गरेको र मुद्दा छानबिन गर्दा आफू गलत भएको ठोस प्रमाण नभेटिएकोले उनलाइ तारिखमा छोडेको उनी बताउँछन।
तारिख धाउने क्रममा निमा डोल्मा संग भेट भएको र मुद्दा फिर्ता लिइदिन्छु भने पनि अहिले डोल्मा आफ्नो फोन अफ गरि बसेकोले उनी झन समस्यामा परेको बताउँछन। आफू समस्यामा परेपछी हार गुहारको लागि नेपाली दूतावास कुवेत पुग्दा पनि दुतावासले आफुलाइ वास्तै नगरेको आरोप उनले लगाए। उनले भने “एन आर एन ए र दुतावास दुवै मेरो समस्यामा ताली बजाएर बसेका छन”। उनले एन आर एन ए का अध्यक्ष अर्जुन तामाङ संग पनि आफ्नो समस्या राखिसके ता पनि वास्त नगरेको उनको भनाइ छ । अहिले उनले आफू समस्यामा परेको र सहयोगको लागि अपिल गर्दै “तात्तातो खबर” मा आफ्नो भिडियो अपलोड गराएका छन।
श्रोत : परदेशी खबर
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.