अमेरिकाले फेरी दियो नेपालीलाई दोश्रो खुसीको खवर नेपालको विषयमा अमेरिकाले आजै गरेको निर्णय पढ्नुस्
अमेरिकाले आफ्ना नागरिकलाई नेपाल यात्रामा लागाएको ट्राभल एडभाइजरी वार्निङ हटाएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार नेपालमा लगाइएको भ्रमण चेतावनी खारेज गरेको जानकारी दिएको हो । नेपालमा संविधान जारी भएपछि उत्पन्न नाकाबन्दी लगाएका परिस्थिति पछि अमेरिकाले गत असोज २१ मा आफ्ना नागरिकलाई नेपाल भ्रमणमा पालना गर्नु पर्ने एडभाइजरी वार्निङ जारी गरेको थियो।
अव भने अवस्था सामान्यीकरण भएको संकेत गर्दै अमेरिकाले यो चेतावनी हटाएको हो । यद्यपी अवस्था अनुसार यस्तो चेतावनी पुनः जारी हुन सक्ने अमेरिकाले जनाएको छ ।
केही दिन अघि मात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाललाई स्पेसल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) दिन स्वीकृति प्रदान गर्ने कानुनमा हस्ताक्षर गरेका थिए ।
अब नेपालबाट अमेरिका निर्यात हुने ६६ प्रकारका सामाग्रीमा भन्सार छुट हुने छ । जसमा कार्पेट, गार्मेन्टका उत्पादनदेखि यात्रा गर्दाको बखत प्रयोग हुने सामाग्रीसम्म छन् ।
यस्तै अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले नेपालबाट आयात गरिएका सामाग्रीले अमेरिकी अर्थतन्त्रलाई नकारात्मक असर पार्ने, नपार्ने अध्ययन गरेपछि नेपालबाट निर्यातित सामाग्रीमा वैधानिक भन्सार छुट प्राप्त हुने छ ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.